माइतीघर मण्डलाको पोलमा चढेकी महिलालाई प्रहरीले डेढ घण्टापछि उद्धार

 माइतीघर मण्डलाको झण्डावाला पोलमा चढेकी महिलालाई प्रहरीले डेढ घण्टापछि उद्धार गरेको छ। न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीलाई प्रहरीको टोलीले मंगलवार करिब २ बजेतिर उद्धार गरेको हो।

मंगलवार दिउँसो साढे १२ बजेति उनी झण्डा राखेको पोलमा चढेकी थिइन्। झण्डा फेर्नका लागि पोलमा राखिएको भर्‍याङको सहायतामा उनी माथि चढेकी थिइन्। तल झर्न अटेर गरेपछि प्रहरीले उनलाई पोलमै डोरीले बाँधेर राखेको थियो।

यसअघि पनि गिरीले सर्वोच्च अदालत परिसरमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन्। वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले श्रीमान् भुवनविरुद्ध मुद्दा दायर गरेकी थिइन्। गिरी उक्त मुद्दामा दोषी ठहर भइसकेका छन्।