चट्याङ लागेर दुई जनाको मृत्यु

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो।

कमल गाउँपालिका-२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको थियो। घरबाट खेत जाने क्रममा चट्याङ लागेर घाइते भएका उनलाई आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै बिहान पौने ९ बजे गौरीगन्ज गाउँपालिका-३ ठेकिटोलामा ४२ वर्षीय लिला भन्ने विकास गिरीलाई चट्याङले लागेको थियो। उनलाई ठेकिटोलामा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखल्ने क्रममा चट्याङले लागेको थियो।