गृहमन्त्री लामिछानेले भने जीबीलाई पक्राउ गरेर ममाथि लागेको आरोपहरु मेटाउछु

 गृहमन्त्री रवि लामिछानेले जीबी राई पक्राउ गर्न आफ्नो ब्याग्र र प्रतिक्षाको विषय भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जीबी राईलाई पक्राउ गरि आफूमाथि लागेको आरोपहरु मेटाउने बताए ।

“जीबी राई मलेसियामा रहेको खबर पाएको छु । मैले मलेसियाको गृहमन्त्रीसँग दुई पटक सम्म कुरा गरिसकेको छु । जीबीलाई पक्राउ गरेर ममाथि लागेको आरोपहरु मेटाउनु छ । सहकारी पिडितको बचत फिर्ता गर्ने छु ।”

उनले जीबीबिरुद्ध आफू गृहमन्त्री हुनुभन्दा अगाडीदेखि नै अनुसन्धान भएको र अनुसन्धान हुँदा हुँदै कसरि मलेसिया पुगेको भन्दै प्रश्नसमेत गरे ।