विश्व बैंकको ८० मिलियन अमेरिकन डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय

सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार   गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको हो।

त्यस्तै, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय पनि भएको छ। 

मन्त्रिपरिषद् बैठकले प्रतिलिपि अधिकारसम्बन्धी तर्जुमा गर्न संद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।