कांग्रेसकाे पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित स्वर्गीय नन्दप्रसाद शिवाकोटीको स्मृतिसभा तथा पुस्तक विमोचन समारोहमा उनले, कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको भन्दै फोहोर सफा गर्न ऐनामा लागेको फोहोर मेटेर नहुने बताए । 

यस्तै, पार्टीमा ठूलो योगदान पुर्याएका, तर स्मरण नगरेको स्वर्गीय नन्दप्रसाद जस्तो पात्र खोज्ने कार्यलाई पार्टीले द्रुत गतिमा अगाडि बढाउने पनि उनको भनाइ छ । 

उनले भने, ‘पार्टीमा ठूलो योगदान गरेका, तर कहीँ न कहीँ हामीले स्मरण नगरेको नन्दप्रसादजस्तो पात्र खोज्ने हामीले निर्णय पनि गरिसकेका छौँ । यसलाई द्रुत गतिमा अगाडि बढाउँछौँ । कांग्रेस भित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति ऐना अगाडि उभिएर ऐनामा लागेको फोहोर मेटेर आफूभित्र लागेको दागहरु सफा हुँदैन ।’

उनले कांग्रेसभित्र रहेको जोस र जाँगरका कारणले मात्र देशमा परिवर्तन सम्भव भएको दाबी गरे ।