रत्ननगरका किसानलाई भैँसी वितरण

 काठमाडौँ, १० असार :  गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको आर्थिक सहयोग एवम् सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले डिजिटल साक्षरता अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत आज ‘सूचना र प्रविधिमा महिलाको पहुँच’ विषयक एकदिने तालिम सम्पन्न भएको छ ।

उपसभामुख विनाकुमारी थापाले महिलाको क्षमता अभिवृद्धि गर्न तालिमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सीपलाई दैनिक व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । महिला पत्रकारको क्षमता अभिवृद्धि गर्ने सवालमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सत्यतथ्य सूचना सम्प्रेषणमा जोड दिनुभयो । 

तालिमको सहजीकरण गर्दै प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चार माध्यमवाट प्रसारण हुने सूचना तथ्यपरक हुनुपर्नेमा जोड दिँदै नविनतम प्रविधिको सदुपयोग गर्न सके समयको बचतसँगै गुणस्तरीय कार्यसम्पादन गर्न सकिने बताउनुभयो । तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ४० जना महिला पत्रकारको सहभागिता रहेको थियो ।