टी-२० विश्वकप : आज राति भारत र अस्ट्रेलिया भिड्दै

आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आज राति भारतले अस्ट्रेलियाको सामना गर्दैछ ।

सुपर ८ मा समूह '१' अन्तर्गत भारत र अस्ट्रेलियाबीचको खेल नेपाली समयअनुसार आज राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

आज रातिको खेलमा जित हात पारे भारत समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ । भारतले अघिल्ला दुवै खेलमा जित हात पारिसकेको छ ।

यता सेमिफाइनलको यात्रा तय गर्न अस्ट्रेलियाले भारतलाई पराजित गर्नुका साथै अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्नेछ ।

किनभने अस्ट्रेलिया र अफगानिस्तानले समान १-१ खेलमा जित हात पारेका छन् । बंगलादेशले भने दुवै खेलमा पराजय भोगेको छ ।