पत्नीका आफन्तले पैसाका लागि बार्गेनिङ गरेको र डिमान्ड पूरा नगरे मुद्दा हाल्ने धम्की दिएपछि मेहताले गरे देहत्याग

धनकुटा जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट अर्जुन मेहताले देहत्याग गरेका छन्।

 सुनसरीको देवानगञ्ज गाउँपालिका-६ घर भएका २८ वर्षीय मेहताले पत्नीबाट धोका पाएको भन्दै देहत्याग गरेका हुन्। केही दिनका लागि बिदामा घर गएका उनी ८ गतेका दिन बिहान मृत अवस्थामा भेटिएका थिए। सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाको अनुसन्धान भैरहेको जनाएका छन्। मृतक कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दरबन्दी भइ धनकुटा जिल्ला अस्पतालमा २०७८ कात्तिकदेखि कार्यरत थिए।

स्रोतकाअनुसार उनी करिब चार वर्षयता एक युवतीसँग प्रेम सम्बन्धमा थिए। त्यसपछि उनले हालै विवाह पनि गरे। तर पछिल्लो समय युवतीका आफन्तले पैसाका लागि बार्गेनिङ गरेको र डिमान्ड पूरा नगरे मुद्दा हाल्ने धम्की दिएपछि उनीहरुबीच खटपट सुरु भएको थियो। उक्त घटनापछि मेहता तनावमा रहँदै आएका उनले आत्महत्याको बाटो रोजेका हुन्। फेसबुकमा पनि उनले स्टाटस लेखेर पत्नीबाट धोका पाएको जनाएका छन्। त्यस अगाडि एक पटक उनीमाथि विद्युतीय कारोबार ऐन अन्तरगतको मुद्दा समेत हालिएको थियो। 

Sorry आमा बुबा म आफ्नो तनाब सहन सकिन र नत तपाईंहरु लाइ भन्न सके । म आफुले आफलाई धेरै सम्हाल्न चाहे तर अब सकिन sorry sorry broken heart