पेस्तोलसहित भारतीय नागरिक पक्राउ

 सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराति एकजना भारतीय नागरिकलाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढीका २१ वर्षीय राहुल राम छन्।

उसको साथबाट एकथान नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए। गौर नगरपालिका—२ स्थित नेपाल–भारत सीमाबाट उनी पक्राय परेका हुन् ।उनी भारतबाट नेपाल तर्फ आउँदै थिए। 

रामसँगै मोटरसाइकलमा सवार अर्का एकजना भारतीय भने फरार छन्।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।