७२ जिल्लामा पुग्याे डेंगु, १२ सय ६८ जनामा संक्रमण

नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ । पछिल्लाे ४ दिनमा देशभर २० जनामा डेंगु संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएकाे छ ।  

असार ५ गतेसम्म १२ सय ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । त्यसयता २७ जना संक्रमित थपिएका छन् । देशभरका ७७ जिल्लामध्ये ७२ जिल्लाका १२ सय ६८ जनामा डेंगु संक्रमण देखिएको छ । 

डेंगु लागेमा ज्वरो आउने, वान्त हुने, रिँगटा लाग्ने जस्ता लक्षण देखिन्छ । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्ने गर्छ ।