वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

पारित हुने भो बजेट, सरकार खतरामुख्त भयो त ?

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठकबाट बजेट पारित गर्ने चरणमा पुगेको छ । सम्भवतः आजै र नभए भोलि (सोमबार) सम्ममा बजेट पारित गराउने सरकारको तयारी छ ।

बजेट बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यसअघि विनियोजन विधयेकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ ।

राजदूतमा भागबण्डा मिलेपछि सत्ता गठबन्धनका प्रमुख घटक एमाले र माओवादी एकअर्काप्रति नरम देखिएका छन् । प्रधानमन्त्री प्रचण्डले त ताल मिलाउन सके पाँचै वर्ष सरकारको नेतृत्व गर्न सकिने भनेर शनिबार सार्वजनिक कार्यक्रममै बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य एमाले सांसदहरुले सरकारको कतै विरोध वा आलोचना गरेको देखिएको छैन । त्यसैले यी दुई दलबीचको खटपट अन्तरिमकालकै लागि भए पनि मिलाएको देखिँदै छ ।

https://barnanmedia.com/news/detail/180163/

गैरकानूनी सम्पत्ति अभियोगमा मालपोत अधिकृत भट्टराई र उनकी कान्छी श्रीमतीलाई सफाइ

भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन अधिकृत मिनबहादुर भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् । यससँगै यसै मुद्दामा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी उनकी श्रीमती झुना कुमारी कठेतले पनि सफाइ पाएकी हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ माघमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो । भट्टराई पछिल्लो पटक मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए ।  उनी ०५४ साउनदेखि सार्वजनिक सेवामा प्रवेश गरेका हुन् । उनको ०७९ जेठसम्मको आय–व्यय गणणा गरिएकोमा चार करोड ४० लाख रुपैयाँको अवैध रुपमा आर्जन गरेको दाबीसहित मुद्दा दायर भएको थियो । 

https://barnanmedia.com/news/detail/180234/

डोल्पामा सडक निर्माणमा अनियमितता : इञ्जिनियर र सबइञ्जिनियरलाई कैद तथा जरिवाना

 

डोल्पाको मुड्केचुला गाउँपालिकामा सडक निर्माणमा अनियमितता भएको विषयमा विशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ । आइतबार विशेषले पाँच महिनाअघिको मुद्दामा यस्तो फैसला गरेको हो । 

गाउँपालिकाको वडा नं. ८ स्थित घुम्चो खोलादेखि सडक निर्माणमा इञ्जिनियर देवराज रावत र सबइञ्जिनियर दिपनारायण यादवसमेतले मिलेमतोमा भ्रष्टाचार गरेको ठहर भएको हो । यस मुद्दामा उपभोक्ता समिति अध्यक्ष मानबहादुर रोकाया पनि दोषी पाइएका छन् । 

https://barnanmedia.com/news/detail/180235/

सीआईबीको प्रहरी भन्दै कपनमा करिब १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता

सीआईबीको प्रहरी भन्दै कपनमा करिब १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन, बाह्रबिसे–३ कै २६ वर्षीय लिलाबहादुर तामाङ, बाह्रबिसे–३ कै २५ वर्षीय च्याङ्बा र हर्के भनिने लोकबहादुर पाख्रिन र बाह्रबिसे–४ का २५ वर्षीय इनकुमार पाख्रिनविरुद्ध मुद्दा चलाइएको हो ।

यसअघि १७ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाग्यरामलाई पक्राउ गरेको थियो । बाँकी ३ जना अझैसम्म फरार रहेकाले उनीहरुलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो । चारैजनालाई डाँका चोरीको कसुरमा मुद्दा दायर गरिएको छ ।

मधेश प्रदेश सभामा विधेयकमाथि छलफल चलिरहँदा सांसदहरू मोबाइलमा व्यस्त

मधेश प्रदेश सभामा विधेयकमाथि छलफल चलिरहँदा सांसदहरू मोबाइलमा व्यस्त भएपछि सभामुखले रुलिङ गर्नुपरेको छ। 

 

आज प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेको थियो। छलफल चलिरहँदा उपस्थितमध्ये अधिकांश सांसद मोबाइलमा व्यस्त थिएए। प्रदेश सभामा मोबाइल निषेध भए पनि त्यसको पालना भएको थिएन

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

 बेलका नगरपालिका–५ घुम्नेस्थित सडकमा सुपाडेबाट चतारातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–५ लालिगुराँस टोल बस्ने ८० वर्षीया मायासरी राईको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जा, वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग.१ ख ६२३७ नम्बरको बसको ठक्करबाट विरूवा गाउँपालिका–६ चिन्नेबास बस्ने ८२ वर्षीय दुर्गा बहादुर थापाको आइतबार दिउँसो मृत्यु भएको छ ।

विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन सहायता कक्ष

 हिमाली जिल्ला मनाङमा विपद प्रतिकार्यका लागि सहायता कक्ष स्थापना गरिएको छ । जोखिमयुक्त जिल्ला समेत मानिने मनाङको विपद प्रतिकार्य गर्न पाँच वटा सहायता कक्ष स्थापना गरिएको हो । 

 

मनसुनजन्य विपदको समयमा उद्धार र राहतकालाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको संयोजकत्वमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पाँच वटा विपद सहायता कक्ष स्थापना गरिएको छ । 

उहाँले भन्नुभयो, “मनाङ बाढीपहिराको जोखिमयुक्त क्षेत्र हो । यहाँ कुनै विपद आउनासाथ उद्धार र राहतका कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्ने भूमिका खेल्नेछ ।” जिल्ला विपद सहायता कक्ष एक, चार वटा पालिकामा एक÷एक गरी पाँच वटा विपद सहायता कक्ष स्थापना गरिएको छ । 

अमेरिकाबाटआएर १९ वर्षीया किशोरीलाई गरे बलात्कार

अमेरिकाबाट घर आएका इटहरीका एक युवाले १९ वर्षीया किशोरीलाई जर्वरजस्ती करणी गरेको पाइएको छ।

उदयपुरको गाइघाट घर भई धरान डेरा गरी बस्ने किशोरीलाई इटहरी वडा नं. ९ घर भएका युवा तपेन्द्र थापाले स्थानीय एक होटलमा जर्वरजस्ती करणी गरी फरार भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

थापाले ती युवतीलाई धरानबाट इटहरी ल्याएर जर्वरजस्ती करणी गरेको पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा दिएको जाहेरीमा उल्लेख छ। इटहरीका डिएसपी टेकबहादुर कार्कीले फरार थापाको खोजी भइरहेको बताए।

विकासको बहस काम गरेर मात्रै पूरा हुन्छः कांग्रेस नेता डा रिजाल

 नेपाली कांगे्रसका नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा मीनेन्द्र रिजालले विकासको बहस काम गरेर मात्रै पूरा हुने बताउनुभएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुहुँदै उहाँले ठूला ठूला विकास साना कामबाट हुने भएकाले त्यो देखाउन प्रदर्शनी सफल रहेको बताउनुभयो । गणतन्त्र नेपालको स्तम्भबाट प्रदर्शनी सुरु भएको उल्लेख गर्नुहुँदै नेता रिजालले पूर्वाधारमा महिलाको सहभागितालाई पनि प्रदर्शनीले समेटेर राम्रो सन्देश दिन खोजेको उहाँले बताउनुभयो । 

कानुन व्यवसायीको बहस नसकिएपछि कोसी प्रदेश सरकारबारे दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

कोसी प्रदेश सरकारबारे निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ। 

गत जेठ ३१ गतेको सनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आज (असार ९) गतेका लागि पेसी तोकिएको थियो। आज पनि कानुन व्यवसायीको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।यो रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको पूर्ण इलजासमा सुनुवाइ भइरहेको छ। यसअघि गत जेठ ३१ गते पनि यीनै तीनजा न्यायाधीशको इजलासमा बिहीबार दिनभर सुनुवाइ भएको थियो।

अमेरिकासँगको हतियारसम्बन्धी विवाद छिट्टै सुल्झाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको भनाइ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्धका कारण अमेरिकासँग भएको हतियारसम्बन्धी विवाद छिट्टै सुल्झाइने बताउनुभएको छ । 

“अमेरिकाबाट इजरायलमा आउने हतियारको आपूर्तिमा करिब चार महिना अघिदेखि नाटकीय गिरावट आएको थियो । हामीले सबै प्रकारका स्पष्टीकरणहरू पायौं, तर आधारभूत अवस्था परिवर्तन भएन ।” नेता नेतन्याहूले मन्त्रिपरिषद् बैठकमा भन्नुभयो । 

उहाँले भन्नुभयो, “मैले अन्तिम दिनमा जे सुनेको छु, त्यसको आलोकमा म आशा र विश्वास गर्दछु । निकट भविष्यमा यो मुद्दा समाधान हुनेछ ।”

इङ्वा हाइड्रोपावरमा काम गर्ने अन्दाजी ४० वर्षीय पुरुष मृत भेटिएका

इन्द्रावती खोलाको भङ्गालोमा परी शनिवारबाट बेपत्ता इङ्वा हाइड्रोपावरमा काम गर्ने अन्दाजी ४० वर्षीय पुरुष मृत भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)रवि रावलका अनुसार पाँचथरको याङवरक गाउँपालिका वडा नं ३ स्थित इङ्वा हाइड्रो पावरमा कार्यरत भारतीय नागरिक बैकुण्ठ बिहारीको शव आइतबार फेला परेको हो।

बिहारीको शव ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको सिदिङ्वा गाउँपालिका वडा नं ३ इन्द्रावती खोलाहाइड्रोपावरमा काम गर्ने अन्दाजी ४० वर्षीय पुरुष मृत भेटिएकाहाइड्रोपावरमा काम गर्ने अन्दाजी ४० वर्षीय पुरुष मृत भेटिएका सितेधार नजिक फेला परेको प्रहरीले जनाएको छ। शनिवार हाइड्रो नजिक रहेको ढुङ्गे भन्ने स्थानमा शौच गर्ने क्रममा अचानक चिप्लिएर बिहारी इन्द्रावती खोलाको भङ्गालोमा परेका थिए।

प्रतिनिधिसभा बैठक : खेलकुद क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखिने

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री श्रेष्ठले खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित नागरिक तयार गरी राष्ट्रिय एकता र राष्ट्रिय गौरव बढाउन मन्त्रालयले प्राथमिकता दिएको बताउनुभयो । उहाँले युवाको आकर्षण बढ्दै गएको खेल क्षेत्रको संरक्षण र विकास गरी राष्ट्र निर्माणमा सहभागी गराउन प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

खेलकुदमन्त्री श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारका लागि लागिपरेको बताउनुभयो । युवामा विकराल बन्दै गइरहेको लागूऔषको समस्या समाधान गर्न र उनीहरुलाई राष्ट्रनिर्माणमा प्रोत्साहन गर्न मन्त्रालयले नमूना युवा कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल बनेन

 जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । 

कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो । 

पुलको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षदेखि निर्माण गर्न नसक्दा सिमकोटलाई सडक सञ्चालसँग जोडिएको छैन भने उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन र स्थानीयलाई सास्ती हुँदै आएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुलुकको एकमात्र जिल्ला हुम्ला हो ।

आइतबार ४.९ रेक्टरको भूकम्प

जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पको केन्द्रविन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पका कारण कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । जापान चार टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा अवस्थित छ, जसले यसलाई विशेष गरी भूकम्पीय गतिविधिको लागि संवेदनशील बनाएको छ ।

सबै भाषा, संस्कृतिको सम्वर्धन र विकास गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य र संस्कृतिको सम्वर्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताउनुभएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति र दर्शनको विकास गर्न सरकारकातर्फबाट अधिकतम सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र सम्वद्र्धनमा जोड दिने, बालसाहित्यको विकास गर्ने, सातै प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृति, ऐतिहासिक, भाषिक तथा साहित्यिक विषयकको खोज अन्वेषण गर्दै आएको उल्लेख गर्दै उहाँले यसमा सरकारकातर्फबाट भरपुर सहयोग रहने विश्वास दिलाउनुभयो । 

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रस्तुत

राष्ट्रियसभाको आजको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी  विधेयक–२०८१’ पेस भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो विधेयक सभामा पेस गर्नुभएको हो ।

राष्ट्रियसभाको आज बसेकोे बैठकमा उक्त विधेयक सर्वसहमतिबाट पारित भएको छ । नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पु-याउन उचित कानुनी व्यवस्था गर्ने, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने जिम्मेवारीका साथ सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा तोकिएका निकायहरुसँग आवश्यक समन्वय गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।

जीबी राईलाई पक्राउ गर्ने बाटोमा गृहमन्त्री देखिएनन् : सांसद महत

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको बताएका छन्। आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरू कुनै पनि दिगो र सत्य नभएको दाबी गरे। जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्ने कुरा धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको बताए।

काठमाडौं शहर वर्षको उत्कृष्ट प्राकृतिक गन्तव्यको रूपमा सूचीकृत

अमेरिकी अनलाइन ट्राभल एजेन्सी ट्रिप एडभाइजरले काठमाडौं शहरलाई यस वर्षको उत्कृष्ट प्राकृतिक गन्तव्यको रूपमा सूचीकृत गरेको छ। सूचीको शीर्ष स्थानमा काठमाडौं परेको छ।

आफ्नो साइटमा ट्रिप एडभाइजरले काठमाडौँलाई चारैतिर पहाडले घेरेको, ऐतिहासिक स्थल र प्राचीन मठ–मन्दिर भएको शहरका रूपमा वर्णन गरेको छ।यो सूचीको दोस्रो स्थानमा भियतनामको हालोङ बे छ। इजिप्टको हुर्घदा तेस्रो र मरिसस चौथो स्थानमा छन्। त्यस्तै इन्डोनेशियाको लोम्बोक पाँचौँ बेस्ट नेचर डेस्टिनेसन रहेको छ। अमेरिकाको काउआई छैटौं स्थानमा छ।