देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको बिकास हुन सक्दैन् : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको बिकास हुन नसक्ने बताएका छन् ।

 

आइतबार राष्ट्रियसभामा बोल्दै गौतमले विश्वका अधिकाशं देशमा भूमि राष्ट्रियकरण गरेकै कारण बिकास भएको भन्दै नेपालमा सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म बिकास हुन नसक्ने बताएका हुन् ।

वस्तु उत्पादन गर्ने आधारका रुपमा रहेका भूमिलाई टुक्रा–टुक्रा काटेर बाँडेर देश समृद्ध हुन नसक्ने उनले बताए । उनले भूमिमाथि राज्यको अधिकार कायम नभइसम्म नेपालीको अवस्था माथि उठ्न नसक्ने धाराण राखे ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ पेश गरेका थिए ।