मुख्यसचिव अर्यालविरुद्ध मुद्दा चलाउने अख्तियारकाे तयारि

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियारले मुद्दा चलाउने निर्णय गरेको छ । अर्याल भ्रष्टाचारका विभिन्न प्रकरणमा तानिएका थिए । उनिरुविरुद्ध आधा दर्जन मुद्दामा अख्तियारले अनुसन्धान गरिरहेको थियो ।

अर्यालविरुद्ध अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा मुद्दा चलाउने निर्णय भएको स्रोतले बतायो । अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।

अर्यालविरुद्ध टेरामक्स प्रविधि खरिद प्रकरण र सेक्युरिटी प्रिन्टिङका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसंग संचार सचिव हुंदा समेत आर्थिक लेनदेन गरेको आरोपमा अनुसन्धान जारी छ ।

यससंगै कामु मुख्यसचिवमा तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी र एकनारायण अर्याल हुने सम्भावना बढेर गएको छ । सरकारले आवश्यक ठानेको खण्डमा प्रधानमन्त्री कार्यालयमा कार्यरत वरिष्ठ सचिवलाई समेत कामु मुख्यसचिवको जिम्मेवारी दिन सक्नेछ ।