जाजरकोटमा खोलाले बगाउँदा एक शिक्षकको मृत्यु, छजना घाइते

जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका-९ का घर भइ कालिका माविमा कार्यरत ३८ वर्षीय शिक्षक इन्द्र बहादुर रोकाय रहेका छन्।

शनिवार राति-११ बजे कुशे गाउँपालिका-१ पागेचौरस्थित चैयाखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। खोलाले बगाएका रोकायको शव भेटिए पछि प्रहरीले उनको मृत्युको पुष्टि गरेको हो।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।