युरो कप २०२४ : बेल्जियमसगं रोमानिया २–० गोल अन्तरले पराजित

युरो कप २०२४ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले पहिलो जित निकाल्दा रोमानियाले भने पहिलो हार व्यहोरेको छ। 

समूह ई को खेलमा बेल्जियमले रोमानियालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको हो।पहिलो खेलमा स्लोभाकियासँग पराजित भएको बेल्जियमलाई नकआउट चरणमा पुग्ने सम्भावना जिवित राख्न जित्नैपर्ने दबाब थियो। 

खेल सुरु भएको ७३ सेकेण्डमा नै योरी टेलीम्यान्स्को गोलमा बेल्जियमले सुरुवाती अग्रता बनाएको थियो। खेलको ७९ औँ मिनेटमा केभिन डि ब्रुयनको गोलमा बेल्जियमले अग्रता दोब्बर पार्यो। समुह इ मा रहेका चारै टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना उत्तिकै छ। यो समुहमा सबै टोलीको समान ३ अंक छ। 

हारका बावजुद पनि रोमानिया अंक तालिकाको शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा पराजित रोमानियाको तीन अंक छ। समान खेलबाट ३ अंक भएको बेल्जियम दोस्रो स्थानमा छ। 

 

एक खेलमा जित र एक खेलमा हार भोग्दै ३ अंक बनाएका स्लोभाकिया तेस्रो र युक्रेन चौँथो स्थानमा छ।