गाउँपालिकामा बेथिति अध्यक्षले मान्दैनन् कानुन,जबर्जस्ती राख्छन पीए

बैतडीको सिगास गाउँपालिकामा बेथिति नै बेथिति देखिएका छन्। हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले पालिकामा अध्यक्ष हरिसिंह धामीले बेथितिमा रेकर्ड नै बनाएको देखाएको छ।

२ पटकसम्म चुनाव जितेका अध्यक्ष धामीले भ्रष्टाचार गर्नेदेखि कानुन नै मिचेर काम गरेको पाइएको छ। महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार अध्यक्ष धामीले कानुनले व्यवस्था नै नगरेको स्वकिय सचिव नियुक्त गरेर तलब खुवाएको देखिएको छ। अध्यक्ष धामीले आफ्नो पीएलाई पालिकाको सरकारी बजेटबाट अवैध रुपमा १ लाख ९७ हजार ४१२ रुपैयाँ तलब भन्दै खुवाएका हुन्। जबकी पालिका अध्यक्षले पीए राख्न नपाइने कानुनी व्यवस्था छ।