कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
![](https://snowberry.prixacdn.net/media/gallery_folder/fruit_VHsplFdU4K_1qnz2gh1lqb9riw8bcwzgsvtn220qktrew1zsq2rbmuzuga10ca9gpsk5on2_6Kzc3iiS1j_p5woflexjte6zi2xqzidaycwjf081hyje0akpeljqcmackyrxdl7q3q5ygwf.jpg)
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिनुभयो ।
यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले अनुरोधसमेत गरेको छ ।
देशभरका कार्यालयहरुबाट अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ । विभिन्न जिल्लास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरूले तरकारी तथा फलफूलजन्य पदार्थहरूको चेकजाँचमा सक्रियता जनाएका महानिर्देशक डा मतिना जोशी वैद्यले बताउनुभयो । उहाँले भन्नुभयो, “डिभिजन कार्यालय झापा, पोखरा, उदयपुर, हेटौँडा, सप्तरीलगायत ठाउँमा अहिले नियमित तालिका नै बनाएर अनुगमन भइरहेको छ ।”
खाद्य तथा पेयपदार्थ एवं होटेल रेष्टुरेन्टको अनुगमन तथा चेकजाँच वर्षभरि नै भइरहने भए पनि मौसमी फलफूलहरूको सिजनमा कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्रीवितरण निषेध गरिएको कार्वाइडको प्रयोग रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डा जोशी वैद्यको भनाइ छ ।
![सरकारले विभिन्न देशमा सिफारिस भएका राजदूतबारे पुनर्विचार गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Mantir-parishad-1718981861_wsXoDTWUZD_epqft64ihrkre9reivuv793z5lyglzp0fduhus0ctex0z0cp44cioktzn2gs_kR98rENIWe_bcyzpsc8dq0br3dyc6tq4dkgiesud2hihpcjn4xn8mchskd7uvfrzlsqu5ap.jpg)
सरकारले विभिन्न देशमा सिफारिस भएका राजदूतबारे पुनर्विचार गर्ने
![राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्चः मन्त्री सुडी](https://snowberry.prixacdn.net/media/gallery_folder/1717150693-nqRhX_50eQ3yEnTp_uelateknvwrtw0hc3ga3hmhnpux1btvlk5b2kfdsrua7gthslg8sqsxs1drq_vHtrn6MsBa_oupzbg8vexnoxgax99ndqcalor0ocxvoiep8nslx9vq4ndy81aewxcogq5xd.jpg)
राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्चः मन्त्री सुडी
![कैलालीका सीमानाकासहित धनगढीको बसपार्कमा प्रहरीको इन्चार्ज फेरबदल](https://snowberry.prixacdn.net/media/gallery_folder/sima-prahari-chauki_11G8qXImSV_jwq4xiv5yp6umoldmsdadh9jewwwwwuqjoa8nxm1nsozwiv4p0iuruzudgvt_W8EeRooXUt_qxcm2vt35tzdavbkna7apgql2wn95po0r9emtvnltkptfecx3kvfjyowc8o8.jpg)
कैलालीका सीमानाकासहित धनगढीको बसपार्कमा प्रहरीको इन्चार्ज फेरबदल
![यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/vollyball_JdOifzaetp_mDDmKYW0cz_b1qnmukp0eupy3jvaxncoimegrucnfsywodvdwwin5zy7tzghtq3kdnnjnvr_D5bVEmp7jC_0lluqtwj6zlgoy6rzh9u4re0zhxostw02uryo7jtgjzdrtrunsbebudi5pqa.webp)
यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा
![ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/ambulance_qQXgEelFfG_ozs9rjvtus3hzgldkog7nrc6je5wko2mtd2dyhqzxv1jhncidmpac8bykiri_imqkWsiGFv_hqieoudwhtskqp7ujcqly5syzxvnwy05dvkid0lsatyhfmwpfl2g7gsy9xxz.jpg)
ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
![बसमा सवार एक यात्रुको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download_qK4YiKUWvz_mni3y5i8ff7eyzwokx2lt45mlzjgasmesyugbqoyulgbqestbqcittzwines_LMD5ELK7ed_0k6me5swqyoooeoyd9t6udhypcooujgvr4zufdmowj5yrzkh1ellwnweb25q.jpeg)
बसमा सवार एक यात्रुको मृत्यु
![अस्ट्रेलियाले असान्जलाई एकपटक गर्याे फिर्ता, समयले उनलाई बनायो 'शहीद'](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-27_22-40-22-635_z2OpgO6lAa_gthnoqixbjayyuhc8aiuwcgnqu11kprbdej7gfnvlocxnhxyvzmq0vfjunsm_5MSeh4Dvqz_eu9miaqilsb79pcdhz03lijmybradnmuhwbb62hxzel1z7lthq3ihsmtynjw.jpg)
अस्ट्रेलियाले असान्जलाई एकपटक गर्याे फिर्ता, समयले उनलाई बनायो 'शहीद'
![बंगलादेशमा किन भैरहेको छ रसलको भाइपर सर्प मार्ने दौड ?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-27_22-40-37-835_9gJ1G30MLT_bwl6r5vzvw91zwu7yddqatht2f45qgjvr5fvaaflyd7r3c2mcpo9zqodowiv_eqpWeaKTHn_km2o7afde7pg3w78rnqh7fg1wdhnkyng2cvplx7gbnzyjkjyi42ehv0q4lgq.jpg)
प्रतिक्रिया