युरोकप २०२४ : चेक रिपब्लिक र जर्जियाकाे बराबरी

 युरोकप २०२४ अन्तर्गत समूह 'एफ' को खेलमा चेक रिपब्लिक र जर्जियाले अंक बाँडेका छन्। 

शनिबार सम्पन्न खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। यो नतिजासँगै पहिलो खेलमा पराजित दुबै टोलीले एक एक अंक बटुलेका छन्। समान दुई खेलबाट पहिलो अंक जोडेको चेक रिपब्लिक तेस्रो तथा जर्जिया चौथो स्थानमा छ। 

पहिलो हाफको अतिरिक्त समयको चौथो मिनेटमा जर्जेस मिकाउटाडजेले पेनाल्टीमा गोल गर्दै जर्जियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा प्याट्रिक शिकले गोल गर्दै खेल १–१ गोलको बराबरी अवस्थामा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १–१ को बराबरीमा सकियो। 

यस्तै सोहि समूहको दोस्रो खेलमा शीर्ष स्थानको टर्की र दोस्रो स्थानको पोर्चुगल आमनेसामने हुँदैछन्। यो खेल नेपालीसमयअनुसार ९:४५ बजेबाट सुरु हुनेछ।