वर्तमान सरकार आफैं ढल्छ : शेखर कोइराला

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफैं ढल्ने दाबी गरेका छन्। शनिबार बिराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्‍घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने बताए।

उनले राजनीतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सातवटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए। राजनीतिलाई अपराधीकरण गर्ने कार्य भइरहेकोप्रति सचेत हुन आग्रह गर्दै उनले राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरू मिलेर मुलुकको ऐन/कानुन र नियमलाई खिल्ली उडाउने काम भइरहेको बताए। 

राजनीतिमा अपराधीकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्नसक्ने उनको भनाइ छ।