कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न देउवाकाे निर्देशन

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न निर्देशन दिएका छन् ।

आज नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् ।‘चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गर्नुहोस्,’ उनले भने । उनले सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्न पनि निर्देशन दिए ।

उनले पार्टीमा दण्ड र पुरस्कारको थिति कडाइका साथ बसाल्ने जनाउँदै ढुक्क भएर काम गर्न निर्देशन दिए