समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240622-WA0009_GVdWx4WU9Y_z07bq2hccgfdogeqioj0iwntiftsda58dvyirodacvf33rpsjscuigz3vn00_g1TSUGANmA_gytn1vqgjz6qvwmkvfi1x1x3bt7fkiybc7gijjz1pjcfsopsc6klyqiju3k7.jpg)
काठमाडौँ, ८ असार : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बताउनुभएको छ ।
तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सत्तासमीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरणले निरन्तरता पाउने बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, “आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशङ्का म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।”
प्रधानमन्त्रीले मुलुकका जाति, जनजातिले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न जाति, जनजातिहरूको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका विषय हाम्रा हुन् । उत्पीडित वर्गले जति अधिकार पाएका छन्, त्यो माओवादीका कारण प्राप्त भएको हो ।”
प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आमनेपाली मुक्तिकामी जनताको सङ्घर्ष भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जनयुद्ध जनताको युद्ध थियो । लाखौँ जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो । आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ । हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ । यही आधारमा टेकेर समाजवादको मार्ग तयार गर्छौं ।
प्रधानमन्त्रीले चाँडै पार्टी केन्द्रीय समितिको बैठक गरेर विशेष महाधिवेशनको मिति निर्धारण हुने बताउँदै पार्टीका सबै नेताकार्यकर्ताले फुर्सद नपाउनेगरी अभियान सञ्चालन गरिने जानकारी दिनुभएको प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ ।
![विपद् प्रभावितको घरमै पुगेर राहत](https://snowberry.prixacdn.net/media/gallery_folder/rahat_bitaran1795_RoJSByBRMr._tI7k4lyMwv_otjjjk1dsfcj2l49wbm8gxmffeujdn6amcsq9wgd6xjffxyaubs6gwt3ttci_OrkofTCYCM_zdoywnx6f1qlcsdg1cvx6s93hcoppxerzzctkna06qs8sqbzbyvworcqvvzj.jpg)
विपद् प्रभावितको घरमै पुगेर राहत
![शुक्रबारदेखि मनसुन थप सक्रिय हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mansun_a58N9XML9t_t9yhmlksqdn6n9uuv3j117mm3clhdhb7eznyj9fonfahyj2ki3ggdevmrs6l_FDVeS3wVJ1_ld90xv7luaw9fa7opvkbk88hlozpx3lulcvzdnrpwbdkc6gqdrbnmi5urtnn.jpeg)
शुक्रबारदेखि मनसुन थप सक्रिय हुने
![‘विपद् तथा भूकम्पीय पूर्वतयारीमा निजी क्षेत्रको सहयोग जरुरी’](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
‘विपद् तथा भूकम्पीय पूर्वतयारीमा निजी क्षेत्रको सहयोग जरुरी’
![विपन्न परिवारलाई बाख्रा वितरण](https://snowberry.prixacdn.net/media/gallery_folder/bakhara-kisan_kdlk3dWY22_kwzb75raanqa75jsdrknwnnkehtkcmew1mgqz2faqcpupoosx2cnii7xhctp_302zflYXIZ_waie5ydxba8topneovq5gwbx91by8tvox7hky0zozuu0pckhqdze1zx0kcyo.jpg)
विपन्न परिवारलाई बाख्रा वितरण
![समाजवादी कार्यक्रम महाधिवेशनमा अनुमोदन हुन्छः पूर्वप्रधानमन्त्री खनाल](https://snowberry.prixacdn.net/media/gallery_folder/jhalnath-khanal-nepalvani-1_fRHzak4PLe_frw2ydlturjiieprctvxylek1slsvjdshalrnaduq1luqo46zxbnr8y9wgot_x82u8UfYAC_5rywbvvyhiws5i3ct4osjchxpnyx3oqmqx7vmp0z4zpkbzwivvaa7ge3jzxx.jpeg)
समाजवादी कार्यक्रम महाधिवेशनमा अनुमोदन हुन्छः पूर्वप्रधानमन्त्री खनाल
![झापामा खोलाले बगाउँदा दुई बेपत्ता](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
झापामा खोलाले बगाउँदा दुई बेपत्ता
![तालामाराङमा एक महिलाको शव फेला](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_JsPXHyeFxB_xd4prkc4llqvndas1zoyh8bm3ftecgbegkcsfhupjt84yb9zylgyxxulqdlq_m1Rc0NxLye_yee7oonls3l4kyevrng38jgupwa4vml8twahgfmu2dfnaklrf2mhbrp6f0jg.jpeg)
तालामाराङमा एक महिलाको शव फेला
![नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_oDXGQmolsW_2e71ah4ehtbxmbivdoeygx6xkn9osxmyl87jpl5v4qhbwlz2zbfyi4hkejmo_6vS3UIv3gb_brexych2jxz9vbqltqesjlivhfyek1wafslfkzpba5vt4srz1mdzjgesx9hj.jpeg)
प्रतिक्रिया