टी-२० विश्वकप : अमेरिकाविरुद्ध वेस्ट इन्डिजकाे ९ विकेटको शानदार जित

आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ । पहिला बयाटिङ गरेको अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १०.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

वेस्ट इन्डिजका साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे । अमेरिकाका लागि हरमीत सिंहले एक विकेट लिए ।

यसअघि ब्राइडटाउनमा टस हारेर पहिले ब्याटिङमा आएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो । अमेरिकाका आन्द्रेस गौसले सर्वाधिक २९ रन बनाउँदा नितिश कुमारले २० रन जोडे ।

वेष्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेसले ३-३ विकेट लिए भने अल्जारी जोसेफले २ र गुणाकेस मोतीले १ विकेट लिए । यो जितसँगै समूह २ मा रहेको वेष्ट इन्डिजले २ खेलबाट २ अंक जोडेको छ । अमेरिका भने अंकविहीन छ ।