युरो कप २०२४ : नेदरल्याण्ड्स र फ्रान्सबीचको खेल गोलरहित बराबरी

नेदरल्यान्ड्स र फ्रान्सले युरो कप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन् । यि दुई टोलीले समूहको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

नेदरल्याण्ड्स र फ्रान्सबीचको गोलरहित बराबरीको यो खेल युरो २०२० को समुह चरणमा इङ्गल्याण्ड र स्कटल्याण्ड पछिको पहिलो गोलरहित खेल हो।लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पे बिनाको फ्रान्सले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा अंक बाड्न बाध्य बन्यो ।

यता, नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गरेपनि रेफ्री र भिडियो सहायता रेफ्री (भिएआर) को विवादास्पद निर्णयले गोलले मान्यता नपाउँदा जितबाट वञ्चित बन्न पुग्यो । खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरण नजिक पुगेको छ । तर, यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरणमा स्थान बनाउने थियो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तानी गरिरहेका एन्टोइन ग्रिजमनले पहिलो हाफमा चार आक्रमण बुनेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । उनको दुई प्रयासलाई गोलरक्षक बार्ट भरब्रुगेनले विफल पारे । दोस्रो हाफमा डचका कोडी गाक्पोको प्रयासलाई फ्रान्सका गोलरक्षक माइक म्याग्नानले विफल पारे ।

त्यसपछि पनि खेलमा फ्रान्सले दवाव जारी राख्यो । एड्रिएन राविओट र ओस्मान डेम्वेलेको प्रहार क्रसबारबाट थोरै बाहिरियो । ओरेलिएन चुआमेनीको सशक्त हेडर पनि सफल भएन । ग्रिजमनले वान भर्सेस वानको स्थितिमा अर्काे सुवर्ण अवसरलाई बार्ट भरब्रुगेनले विफल पार्दा फ्रान्स निराश बन्न पुग्यो ।

६९औं मिनेटमा युवा स्टार जाभी सिमोन्सले सानदार गोल गरेपनि उक्त गोलले मान्यता पाएन । २१ वर्षीय सिमोन्सले दाया कर्नरतर्फ गरेको प्रहार गोलमा परिणत भएको थियो । तर, उक्त गोलको मुभमा डेन्जेल डम्फ्रिज गोलरक्षक म्याग्नानको छेउमै रहेपछि उक्त गोललाई भिएआरले मान्यता दिएन ।

दुबै टोलीको दुई खेल पछि चार अंक पुगेको छ । गोलअन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ । अस्ट्रिया दोस्रो तथा पोल्यान्ड पुछारमा छ । आब नेदरल्यान्ड्सले अस्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ ।