यूरोकप २०२४ :प्रतिस्पर्धात्मक खेलमा अस्ट्रियासँग हार्‍यो पोल्यान्ड

यूरोकप २०२४ मा अस्ट्रियाले सहज जित हासिल गरेको छ। 

समूह 'डी' अन्तर्गत आफ्नो दोस्रो खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३–१ गोलले पराजित गरेको हो। अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिक एक एक गाेल गरे।यता, पाेल्यान्डका लािग क्रिजस्टोफ पियाटेकले गरेको एक गोल सान्त्वना बन्यो। जितसँगै दुई खेलबाट अस्ट्रियाले तीन अंक जोडेको दाेस्राे स्थानमा उक्लिएकाे छ। पराजित पोल्यान्ड भने समान खेलबाट अंक विहिन रहेको छ। 

खेलको नौँ मिनेटमा जेनोटको गोलबाट अस्ट्रियाले सुरुआती अग्रता बनाएको थियो। तर, ३०औँ मिनेटमा क्रिजस्फोटले गोल गरेपछि पोल्यान्डले खेल १–१ को बराबरी अबस्थामा आयो। ६६औँ मिनेटमा क्रिस्टोफले गोल गरेपछि अस्ट्रिया खेलमा २–१ ले अघि बढ्यो। 

७८औँ मिनेटमा अस्ट्रियाका लागि कप्तान मार्कोले गोल गर्दै ३–१ जित दिलाए।