भारतमा बस दुर्घटना हूदां दुई नेपालीसहित चारजनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको सिम्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएकोमा दुई नेपाली परेका छन् । 

हिमाञ्चाल प्रदेश रोड ट्रान्सपोर्ट कर्पोरेसन(एचआरटीसी)को सो बस दुर्घटनामा चालक करम दास, सहचालक राकेश कुमार तथा दुई नेपाली यात्रु वीरमा देवी र धन शाह मृत्यु भएको जनाइएको छ । 

चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको होे । सो बस जुबल सब स्टेसन सिम्लामा दुर्घटनामा परेको थियो । बिहान ६.४५ बजे भएको सो दुर्घटनामा परेको बसमा चालक र सहचालकबाहेक पाँच यात्रु भएको एचआरटीसीका प्रबन्ध निर्देशक रोहनचन्द ठाकुरले जनाएका छन् ।

सो बस कुडडुबाट गिल्टारी गाउँतर्फ जान लाग्दा दुर्घटनामा परेको थियो । सो दुर्घटना जियेन्दर रंगता, दीपिका ठाकुर र हस्तबहादुर गम्भीर घाइते छन् । उनीहरूको स्थानीय रोहरु अस्पतालमा उपचार भइरहेकोे जनाइएको छ ।