विङ्गर दुर्घटना हुँदा ६ जना घाइते

  कञ्चनपुरको महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको विङ्गर दुर्घटना भएको छ।

धनगढीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरा पुल नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। विङ्गर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले बताएको छ। 

घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको अत्तरिया प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।