दाङको सीमा क्षेत्र हुँदै सलहको ठूलो झुण्ड सुर्खेत छिर्यो भिडियोसहित

सुर्खेत -पश्चिम नेपालमा फेरि सलहको प्रवेश भएको छ । दाङ हुँदै सलहको विशाल समूह अहिले सुर्खेत पुगेको छ । आकाश नै ढाक्ने गरी एक्कासी सुर्खेत उपत्यका छिरेको सलहको बथानलाइ धपाउन मानिसहरूले आगोबाल्ने, थाल ठटाउने गरेका छन् ।

केहीसमय अघि भारतहुँदै नेपालको दक्षिणी सीमाबाट प्रवेश गरेर काठमाण्डौंसम्म आइपुगेको सलह भने आफै हराएर गएको थियो । अहिले सुर्खेत पुगेको सलहको समूह नयाँ र बालिनाली क्षति गर्ने खालको भएको बताइएको छ ।

सलहको नियन्त्रणका लागि विभिन्न प्रदेशका सरकारले संकलन गर्नेलाइ केजीको हिसाबले पैसा दिने निर्णय समेत गरेको छ ।