साउदीमा हजयात्रामा गएकी एक नेपालीको गर्मीका कारण मृत्यु

 हजयात्राका लागि साउदी अरबको मक्का मदिना गएकी एक नेपालीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ ।साउदीस्थित महावाणिज्यदूतावासका अनुसार बाँकेकी सायर बानु सैयदको मृत्यु भएको हो ।

मुस्लिम समुदायको पवित्र तीर्थयात्रा साउदी अरबको मक्कासम्मको हजका क्रममा यस वर्ष ५६२ तीर्थयात्रीको मृत्यु भएको छ । केही तीर्थयात्री अझै बेपत्ता रहेको र केहीको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मक्कामा ५१.८ डिग्री सेल्सियससम्मको तापक्रम रहेको र हिट स्ट्रोक तथा गर्मीजन्य अन्य कारणले धेरै तीर्थयात्रीले ज्यान गुमाउनुपरेको रोयटर्सले जनाएको छ । चरम गर्मी, शारीरिक थकान, ठूलो जमघटलगायत कारण हजयात्रामा जोखिम थपेको जनाइएको छ ।

इजिप्टले हजयात्रामा गएका आफ्ना ३ सय ७ नागरिकको मृत्यु भएको र ११८ जना हराइरहेको जनाएको छ । यस्तै ६८ जना भारतीय, १६५ जना इन्डोनेसियाली, जोर्डनका ४१, ट्युनिसियाका ३५ र इरानका ११ नागरिकले हजका क्रममा ज्यान गुमाएका छन् ।

साउदी अधिकारीहरुले पर्याप्त पानी पिउन, छाता ओढ्न तथा दिउँसोको समयमा बाहिर ननिस्कन हजयात्रीहरुलाई सचेत गराएका छन् । हजयात्रीलाई आवश्यक सहयोग गर्न ठूलो संख्यामा चिकित्सकीय टोली र स्वयंसेवक खटाइएको हज अधिकारीहरुले बताएका छन् । गर्मी छल्न कुलिङ सेन्टर, हाइड्रेसन प्वाइन्ट, पानीको फोहरालगायतको व्यवस्था गरिएको जनाइएको छ ।

यस वर्षको हजयात्राका लागि विश्वभरका १८ लाखभन्दा बढी इस्लाम धर्मावलम्बी मक्का पुगेको साउदीका अधिकारीहरुले जनाएका छन् । नेपालबाट पनि बर्सेनि सयौं मानिस हजयात्रामा जाने गर्छन् । अघिल्लो शुक्रबार अर्थात् जुन १४ मा सुरु भएको हजयात्रा बुधबार अर्थात् जुन १९ मा सकिएको छ । इस्लामिक क्यालेन्डरका आधारमा हजको मिति तय गरिन्छ ।

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव …

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई