१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोञ्ज्योसोम गाउँपालिका-४ नल्लु बस्ने ४० वर्षीय कुमार केसी छन्। उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।