बस ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँको शंखरापुर नगरपालिका–६ मा बस ठक्करबाट एकजनाको निधन भएको छ। 

खुलालटारस्थित सडकमा साँखुबाट थलीतर्फ जाँदै गरेको बा ३ ख ९३५१ नम्बरको बसको ठक्करबाट अन्दाजी ४० वर्षीय लाक्पा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।