मेटाले आयोजना गरेको लाइभ ह्याकिङ प्रतिस्पर्धाकाे शीर्ष ५ मा नेपालका ३ ह्याकर

 फेसबुकको मातृ कम्पनी मेटाले दक्षिण अफ्रिकामा आयोजना गरेको ‘मेटा बग बाउन्टी रिसर्चर कन्फेरेन्स २०२४’ मा  नेपालका तीन इथिकल ह्याकर उत्कृष्ट पाँचभित्र परेका छन् । ८ र ९ जेठमा भएको उक्त प्रतिस्पर्धामा कुञ्जन नायक दोस्रो, समीप अर्याल चौंथो र रिकेश बानियाँ पाँचौं भएका हुन् ।   

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको सो सम्मेलनमा नेपालबाट सौगात पोखरेल, मनोज गौतम, रिकेश बानियाँ, समीप अर्याल र कुञ्जन नायक सहभागी थिए ।“रिजल्ट पहिले नै आएको थियो, रिवार्ड चाहिं केही दिन अगाडि आएको हो,” लाइभ ह्याकिङ प्रतिस्पर्धामा चौंथो भएका अर्यालले भने, “हामी सहभागीमध्ये तीन जनाको रिवार्ड आएको छ । सौगात पोखरेलको पनि बग भ्यालिडेट भइसकेको छ । केही हप्तामा रिवार्ड ‍आउला । त्यसपछि शीर्ष १० मा पर्ने हामी नेपालका चार जना हुन्छौं ।”

बग हन्टरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मेटाले हरेक वर्ष यस्तो सम्मेलन गर्दै आएको छ । सम्मेलनमा मेटाले बग बाउन्टीका सन्दर्भमा पछिल्लो समय मेटामा भएका ट्रेन्ड (प्रवृत्ति) र विभिन्न प्लेटफर्मको सेक्युरिटी सुधार गर्न के-कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी दिएकाे थियाे । 

सम्मेलनमा सहभागीबीच विभिन्न विषयमा अन्तर्क्रियाका साथै लाइभ ह्याकिङ भएको थियो । लाइभ ह्याकिङका क्रममा सुरक्षा कमजोरी पत्ता लगाउनेलाई मेटाले बाउन्टी अवार्ड प्रदान गर्ने घाेषणा गरेकाे थियाे । त्यसै अन्तर्गत नेपालका तीन साइबर सुरक्षा अनुसन्धानकर्ताले २५ हजार डलर (करिब ३३ लाख ३१ हजार रुपैयाँ) अवार्ड पाएको अर्यालले जानकारी दिए । 

नेपालबाट सहभागी ‍पाँचै इथिकल ह्याकरको एयरलाइन्स, हाेटल र अन्य सबै खर्च मेटाले बेहोरेको थियो । 

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव …

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई