युरोकप २०२४ : जर्मनीको लगातार जित दोस्रो , अन्तिम १६मा पुग्ने बन्याे पहिलो टिम

आयोजक राष्ट्र जर्मनीले युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । समूह ए मा रहेका जमर्नले बुधवार राति भएको खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा जमाल मुसियाला र गुन्डोगानले एक एक गोल गरेका थिए स्टुगार्ट मैदानमा भएको खलको २२ ओं मिनेटमा मुसयालाले गोल गर्दै अग्रता दिलाए । उनले गुन्डोगानको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु १ गोल थपेको थियो ।जर्मनीका लागि गुन्डोगानले ६७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । उनले म्याक्सी मिलानको पासमा गोल गरेका थिए ।

जितसँगै समूह एमा जर्मनी ६ अंकका साथ शीर्ष स्थानमा छ । जर्मनी युरो कपको अन्तिम १६ मा पनि प्रवेश गर्न सफल भएको छ । अन्तिम १६मा पुग्ने पहिलो टिम पनि बनेको हो ।

पहिलो खेलमा स्कटल्याण्डलाई जर्मनीले पराजित गरेको थियो । हंगेरीको भने यो लगातार दोस्रो हार हो ।