सम्पत्ति शुद्धिकरणमा पाँच दोषी ठहर, १३ असारमा सजाय तोकिने

५ असार, काठमाडौं

लागूऔषध मुद्दाकासमेत प्रतिवादी रहेका पाँच जना सम्पत्ति शुद्धिकरणमा दोषी पाइएका छन् । यस मुद्दाका अन्य दुई प्रतिवादीलाई भने विशेष अदालतले सफाइ दिएको छ । 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत वर्ष २३ माघमा सात जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेकोमा पाँच जनामाथि कसूर कायमको फैसला भएको छ भने १३ असारका लागि सजाय निर्धारण पेसी तोकिएको छ । विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो । 

विशेषले दीपक राई, सन्दिप राई, केसाङ योल्मु, रामकुमार लोवा र मिलन लोवालाई दोषी ठहर गरेको छ । दीपक, सन्दिप, केसाङ र रामकुमारले मिलनको खातामा पैसा जम्मा गरेको भेटिएको थियो । खातावाला मिलनले उक्त रकम झिकी सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाइएकोमा पुष्टि हुने फैसला भएको हो । 

दीपक र मिलनलाई यस मुद्दामा मुख्य कसूरदार ठहर गरिएको छ भने अरु तीन जना मतियार ठहर भएका छन् । उनीहरुले लागूऔषध किनबेचबाट आर्जित सम्पत्ति शुद्धिकरण गरेको विभागको अनुसन्धानले देखाएको थियो । जसपछि पाँच करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर भएको थियो । यसै मुद्दाका प्रतिवादीहरु भीमकुमार लोवा र राजेश श्रेष्ठले भने सफाइ पाएका छन् ।

गृहमन्त्रीलाई निलम्बन मागमा रिट हाल्ने अधिकार छैन : महान्यायाधिवक्ता

गृहमन्त्रीलाई निलम्बन मागमा रिट हाल्ने अधिकार छैन : महान्यायाधिवक्ता

कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस सकियाे

कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस…

काेशी प्रदेश सरकार गठनविरुद्धकाे  मुद्दा आज पनि हेर्दाहेर्दैमा

काेशी प्रदेश सरकार गठनविरुद्धकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रदेशसभा सदस्यबाट देवकोटा हटाउने घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतकाे अन्तरिम आदेश

प्रदेशसभा सदस्यबाट देवकोटा हटाउने घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतक…

सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज

सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पा…

यस्तो छ अख्तियारले मुख्यसचिव सहितका विरुद्ध लगाएको आरोप

यस्तो छ अख्तियारले मुख्यसचिव सहितका विरुद्ध लगाएको आरोप

कानुन व्यवसायीको बहस नसकिएपछि कोसी प्रदेश सरकारबारे दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

कानुन व्यवसायीको बहस नसकिएपछि कोसी प्रदेश सरकारबारे दायर रिटको सुनुवाइ आज …

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा  रहेको रिटमा आजबाट सुनुवाइ सुरु

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रहेको रिटमा आजबाट सुनुवाइ सुरु