जुवातास खेलिरहेका ९ जना पक्राउ

 जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका ९ दुधेस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ११ बस्ने दिलिप तामाङ समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यकअनुसन्धान गरिरहेको छ ।