महासेनानी मल्ललाई बर्खास्त गर्ने सैनिक अदालतकाे फैसला

नेपाली सेनाका महासेनानी दीरेन्द्रकुमार मल्ललाई बर्खास्त गर्ने सैनिक अदालतले फैसला गरेको छ। जन्म मिति बिबादमा समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने फैसला सुनाएको हो। 

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मल्ललाई मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला भएको बताए। मल्लका शैक्षिक प्रमाण पत्र र नागरिकतामा अलग अलग जन्म मिति भेटिएको थियो।

सोही विषयमा उजुरी परेपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको थियो। प्रारम्भिक छानविनका क्रममा कैफियत भेटिएपछि न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत मल्ललाई नेपाल झिकाइएको थियो। 

अनुसन्धान अगाडि बढेसँगै मल्ल सैनिक प्रहरीको नियन्त्रणमा थिए।