नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ, ५ असार : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्ने बताउनुभएको छ । ७३औँ स्थापना दिवसको सन्दर्भमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले परिवर्तन आत्मसाथ गर्दै स्काउटको मूल्य मान्यता यथावत् राख्नुपर्ने बताउनुभयो । 

समाजमा निस्वार्थ भावना राखेर सहयोग पु¥याउँदै आएको स्काउटको महत्व अपरिर्हाय रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले समयको माग अनुसार स्काउटले अब गर्नुपर्ने महत्वपूर्ण विषय भनेका ‘प्रकृतिसँग नजिक’ र ‘प्रकृतिको संरक्षण’ जस्ता मुद्दा पनि रहेको बताउनुभयो । स्काउटका माध्यमबाट समाजका विसङ्गती हटाउन, विपत् व्यवस्थापन गर्न र सभ्य समाज निमार्ण गर्न जनशक्ति उत्पादनमा सहयोग पुगेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले छिट्टै नै राष्ट्रिय परिषद्को बैठक बसेर स्काउटमा युवा परिचालन सशक्त बनाउने योजना रहेको बताउनुभयो ।

नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले सरकारले अनुदानमा दिएको रु सात करोड चालु आर्थिक वर्षमा ७० प्रतिशत जति खर्च भएको जानकारी दिनुभयो । सो अवसरमा उहाँले सातवटै प्रदेशका स्काउटका गतिविधिको प्रतिवेदन मन्त्री श्रेष्ठसमक्ष बुझाउनुभयो । 

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जीतले युवा तथा बालबालिकालाई अनुसाशित बनाउन, समाज सभ्य बनाउन, युवा नेतृत्वको विकास गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि निर्माण गर्नलगायत कार्यमा स्काउटले भूमिका खेल्दै आएको बताउनुभयो ।   

नेपाल स्काउटद्वारा सम्मानित 

यसैबीच नेपाल स्काउटले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।  स्काउटको ७३औँ स्थापना दिवसको सन्र्दभमा ‘सुनौलो गैँडा’ पदकबाट आठ जना, ‘रुपौला कटुस’बाट सात, ‘प्रशंसनीय आचरण’ पदकबाट १६ जना, ‘दीर्घ सेवा’ पदकबाट ४२ तथा ‘एपिआर फोटो अवार्ड’बाट एक जना सम्मानित हुनुभएको छ । लाजिम्पाटस्थित नेपाल स्काउटको कार्यालयमा गरिएको उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतले उहाँहरुलाई प्रमाणपत्रसहित पदक हस्तान्तरण गर्नुभयो । 

सुनौँलो गैँडा पदक पाउनेमा भुवन सुब्बा, भक्त राजभण्डारी, अनिता मानन्धर, रुक्मिणी श्रेष्ठ, देवराज घिमिरे, शिवराज अर्याल, शिवबहादुर भण्डारी, शारदा पराजुली र कमलबहादुर देउजा हुनुहुन्छ । त्यस्तै, ‘रुपौला कटुस’ पदक पाउनेमा शकुन्तला सुब्बा, निर्मला अधिकारी, उमा सुवेदी, बेली थापा, जहरसिंह थापा, काशीराम जैसी र चन्द्रकला पन्त रहनुभएको छ । 

यसैगरी प्रशंसनीय आचरण पदक पाउनेमा रवि खनाल, नवलप्रसाद उपाध्याय, गङ्गाप्रसाद मैनाली, नारायण कार्की, भुवनचरण श्रेष्ठ, सङ्गीता मिश्र, बिमला श्रेष्ठ, सुरज खनाल, सुचिता सँैजू, लीला श्रेष्ठ, शिवकुमार त्वायना, मैया त्वानावासु, प्रेरणा शाक्य, केशरत्न बज्राचार्य, सागर पौडेल र दिनानाथ भट्टराई हुनुहुन्छ । योगेन्द्र भुजेलले एपीआर फोटो अवार्ड प्राप्त गर्नुभयो । सो अवसरमा विभिन्न जिल्लाका ४२ जनाले दीर्घ सेवा पदक प्राप्त गर्नुभयो ।