नेप्सेमा झिनो अंकको सुधार

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकको सुधार भएको छ । आज नेप्से २.२७ अंकले बढेर दुई हजार ७८ दशमलब ७६ विन्दुमा बन्द भएको हो ।                                                                                                          
नेप्सेमा आज ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १३५ वटाको बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।        

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनानस लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखेरी स्मल हाइड्रोपावर रहेका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । 

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखेरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.८८ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्स लिमिटेडको २० करोड २३ लाख बराबरको कारोबार भएको छ ।