सौगात मल्लको अभिनय रहने फिल्म ‘जन्ते बाख्रो’ को फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्म ‘जन्ते बाख्रो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता सौगात मल्लको मुख्य अभिनय रहने फिल्मको फर्स्टलुक मंगलबार सार्वजनिक गरिएको हो ।

थिम पोस्टरमा बाख्रालाई प्रस्तुत गरि छाता ओढाइएको छ भने आँखामा चस्मा लगाएको देख्न सकिन्छ। सो फिल्म कमेडी कथामा निर्माण हुन लागेको संकेत गर्न सकिन्छ ।

सिमोस सुनुवारले निर्देशन रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा लेखन रहेको छ।

निर्देशक सुनुवारका अनुसार ग्रामीण परिवेशको कथामा रहेर फिल्म निर्माण हुनेछ। त्रिकोणात्मक प्रेमकथालाई रोचक तरिकाले देखाउने उनले बताए।