पोखरामा सुनका गरगहना चोरी

 सुनका गरगहना चोरी भएको छ । पोखरा महानगरपालिका १७ छोरेपाटन खौला मार्ग बस्ने गंगा कुमारी गुरूङको घरबाट कोही नभएको अवस्थामा च्यानल गेट र मुल ढोकाको चाबी फोडेर करिब साढे ११ तोला बराबरको सुनका विभिन्न गरगहना तथा नगद १५ हजार रूपैयाँ मंगलबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।