पशुपतिनाथ मन्दिरको भेटी चोरी गर्ने प्रतिवादीका पक्षबाट आज थुनछेक बहस हुने

काठमाडौं। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गर्ने प्रतिवादीका पक्षबाट बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ।

मंगलबार सरकारी पक्षको बहस सकिएको र आज प्रतिवादीका पक्षबाट बहस हुने अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए। 

भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न छन्।

बहस सकिए अदालतले आज उनीहरूलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिनेछ।