संसद् भवनमा कार्यरत नेपाल प्रहरीका जवानले किन आफैँलाई गोली हाने ?

काठमाडौँ । आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत नेपाल प्रहरीका जवान अजित गोलेको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आफैँले गरेको गोली प्रहारबाट प्रहरी जवान गोलेको घटनास्थलमै मृत्यु भएको हो।  

आज बिहान ६ बजेदेखि ड्युटीमा रहेका अजितले शौचालयभित्र गएर पेस्तोलले आफ्नो निधारमा गोली हानेका थिए। 

२२ वर्षीय गोले प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत थिए। किन आफैँलाई गोली हाने भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।