अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत

अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएको छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका  अनुसार किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए । उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएकोछ ।