आज बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गर्ने

काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज पनि सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन् ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

यस्तै, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले विनियोजन विधयेक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ । सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो ।