अवैध रुपमा राखिएको बन्दुकसहित एक पक्राउ

कैलालीको घोडाघोडी नगरपालिका-१२ नकफोडुवामा अवैध रुपमा राखिएको बन्दुकसहित एक जना पक्राउ परेका छन्।

आज (मंगलबार) साँझ ५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरिक्षक दिपेन्द्र कुमार पालको कमाण्डमा खटिएको प्रहरी टोलीले ३७ वर्षीय मोहन बहादुर खत्रीलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले खत्रीको घरमा लुकाइ छिपाई राखिएको अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारेको थियो। उक्त बन्दुकहरू बरामद गरिसकेपछि खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ।