गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/death_PJStq9tmqB_sRonsK1ZYI_x1m36p13iuoju5agnzblvs4t4icmrnlkupg4lhqivwllbu0fgwfuek14dvug_A8Tg1x8w2X_uwaf6ycq6figy5ylblzglysiwmbkvumjaormxbq3obxcykjsuwcbxyxc7sge.jpg)
काठमाडौँ, ४ असार : अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।
गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।
गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा आजबाट थप तीन दिन बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी असार ७ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । गर्मी बढेपछि यसअघि गत जेठ महिनामा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो ।
पश्चिम तराईका कैलालीसहितका जिल्लामा पहिलोपटक लगातार अत्यधिक गर्मीको महसुस भएको स्थानीयवासीले बताएका छन् । “विगत वर्षहरूमा यति धेरै समयसम्म चर्को गर्मीको महसुस भएको थिएन”, स्थानीय राजेश भट्टले भन्नुभयो, “तराई क्षेत्रमा बर्सेनि गर्मी बढ्दै जाँदा तराईको बसाइँ असहज हुन थालेको छ ।” झण्डै एक महिनादेखि धनगढीको तापक्रम निरन्तर उकालो लागिरहेको छ ।
“यो वर्ष गएको जेठ १७ गते धनगढीमा यो वर्षकै सबैभन्दा बढी अधिकतम तापक्रम ४४ दशमलव एक डिग्री सेल्सियस मापन भएको थियो”, अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले भन्नुभयो, “गर्मी बढ्दै जाँदा अधिकतम् तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ ।” अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा गर्मी बढी महसुस हुने गरेको साहले बताउनुभयो ।
आज धनगढीको अधिकतम तापक्रम ४३ दशमलव एक डिग्री सेल्सियस मापन भएको छ । गर्मी बढ्दै जाँदा रोपाइँका लागि खेतमा राखिएका धानका ब्याड (बीउ) सुक्न लागेको किसानले बताएका छन् ।
गर्मी बढेसँगै धनगढीसहितका बजारमा चहलपहल घटेको छ ।
![‘मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/press-councile-nepal_zFmMckPVr1_lebv4l45fegchgkfnkc2p4dhzl7zpgqqjfbnuowens9nkudsr4hyzfrgfcab_CdGHEz1V4z_vm3rfitmmqxu5xpjcn0mvhnqg0tqjsrewvzvtd0dqmu1qpqprayzv6u93uz4.jpg)
‘मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखी छ’
![भाटभटेनीले विद्यार्थीलाइ दियाे महिनाको २० घण्टा कामको सुविधा, पारिश्रमिक साप्ताहिक पाइने](https://snowberry.prixacdn.net/media/gallery_folder/bhus_x7A0hQ1F7F_ufWzrASDsI_smuqpatxraywlnfhjpyfg3ex7pblhmqpkg0on1h5kt9sfqfmvjruzcnssm0j_9Ho4VaLnu5_ms3ypnwa431bwbpgt5ufbpkzprwvwc62ly2joyfy3xywbudalywuog0raudw.png)
भाटभटेनीले विद्यार्थीलाइ दियाे महिनाको २० घण्टा कामको सुविधा, पारिश्रमिक सा…
![इन्दु वर्माकाे कप्तानिमा एसिया कपका खेल्ने लागि नेपाली महिला टोली घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/unnamed_M9R5vGAGJ4_ddxdbc88e4z0evpbvw5melppcwupu11yu6cvv5lo5bfgxirccued1crc30ls_MyRtCILNpn_95elzprofswnonfp4ol1tznwrwzybwylm9xirqitbbvavfwiq5eiv66cg66n.png)
इन्दु वर्माकाे कप्तानिमा एसिया कपका खेल्ने लागि नेपाली महिला टोली घोषणा
![विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-police_0wQapf461P_ytg8ga6kfwbxdthiokly9rv7af1roqc3x9b1pc5i90wbr1yhwhdgcst6y9ex_nLCIeFLc8B_tl0j8bzlucwmsc1alovmekolstw31odccxslkb1anrsk8xccpjzkufqbjefo.webp)
विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन
![विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Pahiro_Lamjung_kbBfsjDXyn_CO1wK4loOl_ziudlrwdqfvnx68j7vlt6r4e528gdpa4ljwblkvoqcadevazzuhw8gdwkprk_8yTrLjOHFI_lpp5jsjrnrmxcmprkx7aps7ekc68e96zppak5orldnoyr8bqcdglamdpcdxo.jpg)
विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता
![नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने दुई शिक्षकलाई सजाय](https://snowberry.prixacdn.net/media/gallery_folder/download_RoglHQz1zn_m20eeqhj0rl8q1cjxtgrflb6k8qxzvhxgstighfuddl9hv5jxkjc4vwtf5pq_v3ClhjppkS_djrziastsmyhuz6ja7zuk0iq1qgo02ue6vohrh88uofde45cx1jgehguhym6.jpeg)
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने दुई शिक्षकलाई सजाय
![वन कार्यालय जलेश्वरमा भ्रष्टाचार : ६ जना कसूरदार, १८ ले पाए सफाइ](https://snowberry.prixacdn.net/media/gallery_folder/download_AMDZfVkzrL_ub0rlu0k4bdm2a5ky0br04ara2fdufisr0bk0qd6asoldpezgwsfr4cecyjm_ZorOKTASUN_rwwjcs6yidqbepq9nsvfnhy0pymjodsgqhtv5tndbglfqhp7lkxzft27edrw.jpeg)
वन कार्यालय जलेश्वरमा भ्रष्टाचार : ६ जना कसूरदार, १८ ले पाए सफाइ
![असार १६ गतेदेखि निकुञ्ज सफारी बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/jeep-safari-in-chitwan-national-park_pjE1DeU0C9_oiuxqy6zcpdgcnrl8odicimrj9msblzmikselqwvkwhuhpxwi693v3hztb1z_KwIq7vP4jZ_jwe2saevfwgs4bm7eerbvykwygj4p8cq7e2wzds0ebdqlbl5hzakap0q4zdq.jpg)
प्रतिक्रिया