वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

परराष्ट्रमा चर्चा सीके राउतको, सम्भावना अञ्जान शाक्यको

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सत्ता गठबन्धनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेको भनेर प्रचार गरिँदै छ । सबैजसो मिडियाले अब उनलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रको जिम्मेवारी दिन लागिएको भनेर लेखेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका भनिएको छ । स्वयं प्रधानमन्त्री प्रचण्ड वा एमाले अध्यक्ष ओलीले उनलाई विभागैसहित प्रस्ताव भने पठाएको पाइँदैन । उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले प्रचण्ड र ओलीको तर्फबाट परराष्ट्र लिने गरी आउन सन्देश पठाएको कुराचाहिँ राउतले नै विभिन्न सञ्चार माध्यमलाई बताएको पाइन्छ । 

https://barnanmedia.com/news/detail/179489/

चिनियाँ न्यायाधीश किन आए नेपाल ?

विधिशास्त्रीय हिसाबले चीनसँग हामीले सिक्नुपर्ने केही छैन । विदेशी भन्नेबित्तिकै सिकाउनकै लागि आए होलान् भन्ने आम बुझाइ रहन्छ । चीन त झन् नजिकैको शक्तिशाली र सम्पन्न छिमेकी । उसको कुरा हामीले नसिकेर भो त ? केही समयअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लामै समय चीन घुमेर आएका हुन् । उनीसँग सर्वोच्च अदालतको ठूलै टोली घुम्न पुगेको थियो । 

अहिले चीनको सर्वोच्च अदालतका न्यायाधीश लिउ कुइसियाङ नेपाल भ्रमणको क्रममा काठमाण्डौं आइपुगेका छन् । न्यायाधीश लिउ छ जनाको टोलीसहित आइतबार राति काठमाण्डु अवतरण गरेका हुन् ।

सिंगापुरबाट नेपाल आएको उनको टोलीका अन्य सदस्यमा लि चिङ,हु ताओकाई,कुओ चङहुआई, माओ लिहुआ र चाओ छियान् छन् । उनीहरु सबै चीनको सर्वोच्च अदालतका अधिकारी हुन् । कुइसियाङ उपमन्त्री सरहका अधिकारी हुन् ।

https://barnanmedia.com/news/detail/179488/

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाकाे दरखास्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दरखास्त दिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले जेठ २२ गते प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो। उक्त आवेदनको आज अन्तिम दिन मंगलवारसम्म १७ जनाको दरखास्त परेको सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको छ।मन्त्रालय स्रोतकाअनुसार दरखास्त दिनेमा अधिकांश टेलिकम भित्रकै कर्मचारीहरु छन भने केहि बाहिरबाट आवेदन परेको छ।

दरखास्त दिनेमा वर्तमान निमित्त एमडी संगीता पहाडी (अर्याल), डा. विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, बुद्धिप्रसाद आचार्य, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, चिन्तामणि बराल, शालिकराम सुवेदी, डा. शालिग्राम पराजुली, कमल लामिछाने, सुवास साह, केदारनाथ कोइराला, रमेशप्रसाद जोशी, नागेन्द्रकुमार दास र अनिलकुमार झा रहेका छन्।

जापानमा फैलियो ४८ घण्टामा ब्याक्टेरियाले ज्यान लिने खतरनाक रोग,४८ घण्टामा कसरी हुन्छ मृत्यु ?

जापानमा एक घातक रोग तिव्र गतिमा फैलिरहेको छ । यो रोग ब्याक्टेरियाको कारणले हुन्छ । यो ब्याक्टेरियाले मानव शरीरमा प्रवेश गरी तन्तुलाई नष्ट गर्छ र समयमै उपचार नपाएमा रोग लागे ४८ घण्टाभित्रै मृत्यु हुन्छ ।

यो रोगको नाम Streptococcal Toxic Shock Syndrome (STSS) हो। जापानमा STAS को 900 भन्दा बढी घटनाहरू रिपोर्ट गरिएको छ। जापान बाहेक युरोपमा पनि यो रोगको संक्रमण देखिएको छ ।

विश्वभर धेरै किसिमका ब्याक्टेरिया रहेको चिकित्सकहरु बताउँछन् । यी ब्याक्टेरिया मध्ये एक हो स्ट्रेप्टोकोकस, जसले मानिसलाई संक्रमित गर्छ।

यो ब्याक्टेरिया जनावर वा कीराबाट आउँछ र मानव शरीरमा प्रवेश गर्छ। यो ब्याक्टेरिया रगत र तन्तुहरूमा प्रवेश गर्छ र तिनीहरूको कार्य बिगार्छ। समयमै उपचार नपाएमा ४८ घण्टाभित्र बिरामीको मृत्यु हुन्छ ।

गाजा संकट रोक्न हंगेरीद्वारा अन्तर्राष्ट्रिय कारबाहीको आह्वान

हंगेरीका विदेश तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले आफ्ना इजरायली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा संकटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

उनले यो द्वन्द्वमा अर्को देश संलग्न भएमा अर्को देशको सीमानाभन्दा बाहिर पनि चर्को युद्धमा परिणत हुनसक्ने बताए । इजरायलले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायली शहरहरूमा हमासले गरेको अकस्मात आक्रमणको बदलास्वरूप गाजा–शासक हमास विरुद्ध ठूलो आक्रमण शुरु गरेको छ ।

शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँ: मन्त्री श्रेष्ठ

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताउनुभएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले आफूले गरेको निर्णय र प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । उहाँले विश्वविद्यालयमा नियुक्ति गर्दा योग्यताक्रमलाई आधार मान्न थालिएको र आफ्नो निर्देशनपछि राजनीतिक दलको सदस्यता लिएका आठ सय २५ शिक्षकले सदस्यता त्यागेको जानकारी दिनुभयो ।

किशोरीहरुलाई विद्यालयमै आत्मरक्षा तालिम

मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ । 

किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरुलाई तालिम प्रदान गरिएको हो । कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताउनुभयो । उहाँले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी नीति तथा कार्यक्रममा समट्दै गाउँपालिकाका सबै छात्राहरुलाई उक्त तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको जेल सजाय

 इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको उनका वकिलले मङ्गलबार बताएका छन् ।

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ ।

“मोहम्मदीलाई प्रणालीविरुद्ध गलत प्रचार गरेको आरोपमा एक वर्षको कारागार सजाय दिइएको थियो”, वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा भने । उनले ‘यो सजाय जारी गर्नुको कारण’ मा संसदीय निर्वाचनको बहिष्कार गर्ने ह्वान, स्विडिश र नर्वेली सांसदहरूलाई पत्र र ‘श्रीमती दिना गालिबफका बारेमा टिप्पणीहरू’ बताए ।

भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग सांसद खान माग

जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग माग गरेका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्। 

‘महानायक’ राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त

‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।

मङ्गलवार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे।हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन् ।

 

हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए । उनले हमाललाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे ।

अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला

“घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका–११ को काहँुडाडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन समारोहमा स्थानीय आमाहरूले गाएको भजनको एक टुक्का हो यो । 

आमाहरूले भजन गाइरहँदा गलामा दुबोको मालासँगै पिपलको पातमा अतिथि लेखिएको ब्याचले सजिएका अतिथिहरूले अभिरुचीपूर्वक सुनिरहेका थिए । कार्यक्रममा खादाजन्य सामग्री प्रयोग गरिएको थिएन । अतिथिलाई उपहारमा काँक्रो प्रदान गरिएको थियो । खाजामा सेलरोटी र काँक्राको अचारसँग मोही थियो ।

पोखरा महानगरपालिकाको सहयोगमा काहुँको सिस्नेरीमा सञ्चालित १४ हप्ताको आइपिएम कृषक पाठशालाको अनुभव सहभागीले व्यवहारमा उतारिरहँदा कार्यक्रमको आकर्षण भिन्नै देखिन्थ्यो ।

पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी

जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ।

गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबिचको सहकार्यमा तयार भएको “रिङ्स अफ फायर“ प्रतिवेदनले बढ्दो तापक्रमका कारण पेरिसको अवस्था सन् २०२१ मा टोकियोमा भएको भन्दा खराब हुन सक्ने बताएको छ।

अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

:काठमाडौं महानगरपालिका-१४ कंलकीस्थित प्लाजा गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम ३ सय ८० मिलिग्रामसहित बर्दिया गुलरिया नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय गुप्ता र नागार्जुन नगरपालिका-२ सानो भर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम २ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने कैलाली लम्कीचुहा नगरपालिका-१ घर भएका ४३ वर्षीय टंक बहादुर शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२ सय ७० किलोग्राम गाँजासहित एक जना पक्राउ

जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा २ सय७० किलोग्रामसहित भारत रामगढवा ग्राम धनारदिउली बस्ने १९ वर्षीय अन्तोस कुमारगिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नारायणगढबाट पथलैयातर्फजाँदै गरेको एनएल ०१ एन ३०६३ नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकको क्याबिनमा बनाएकोफल्स बट्मभित्र २७ वटा प्याकेटमा लुकाई छिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी

 

महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप

 

कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

काठमाडौँ महानगरको डोजर आतंक बन्द गर भन्दै काठमाडौँ प्लाजा कमलादीस्थित महानगरपालिका घेराउन गर्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो । महानगरपालिका घेराउ गर्न प्रहरी रोकेपछि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए ।