ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/tulsi_29qnEuSI4t_1soij2dk9urupw8qifsd8qlvzuepmgvq3ksqijpcnxzkviypbnxjtpyivonr_DwV3YshfuC_vtmok6jyril14if8hqw4fdvwwaqeayaqcmfsandnq7tayynv3dwr80vi2jka.jpg)
काठमाडौँ, ४ असारः औषधीय गुण भएको वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चर्तुमास भनिन्छ । भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्ध आदि गर्नु नहुने शास्त्रीय विधि छ ।
यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
सक्नेले पानी नखाइ व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । यही तथ्य पुष्टि भएपछि ऋषिमुनिले तुलसी रोपेर पूजा आराधना गर्ने परम्परा बसालेको शास्त्रीय वचन छ ।
![‘मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/press-councile-nepal_zFmMckPVr1_lebv4l45fegchgkfnkc2p4dhzl7zpgqqjfbnuowens9nkudsr4hyzfrgfcab_ALfiPNw2CE_3wmko93x3ds76vuv9r6pull9bimbmizgr0be6grixxezjfqjiow5r1olpfet.jpg)
‘मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखी छ’
![भाटभटेनीले विद्यार्थीलाइ दियाे महिनाको २० घण्टा कामको सुविधा, पारिश्रमिक साप्ताहिक पाइने](https://snowberry.prixacdn.net/media/gallery_folder/bhus_x7A0hQ1F7F_ufWzrASDsI_smuqpatxraywlnfhjpyfg3ex7pblhmqpkg0on1h5kt9sfqfmvjruzcnssm0j_2DOuk8teQW_nquuxspaqngqcdrmbnppoojdmcwopyunqfwaec6ymkudrpqfqp29mwbqfcwy.png)
भाटभटेनीले विद्यार्थीलाइ दियाे महिनाको २० घण्टा कामको सुविधा, पारिश्रमिक सा…
![इन्दु वर्माकाे कप्तानिमा एसिया कपका खेल्ने लागि नेपाली महिला टोली घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/unnamed_M9R5vGAGJ4_ddxdbc88e4z0evpbvw5melppcwupu11yu6cvv5lo5bfgxirccued1crc30ls_hF34VpuOx1_2agvvylf4w6ev8nfdrle1fotrquzhhicfbesqcz5c4ajf0q0g6e59moxvpwk.png)
इन्दु वर्माकाे कप्तानिमा एसिया कपका खेल्ने लागि नेपाली महिला टोली घोषणा
![विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-police_0wQapf461P_ytg8ga6kfwbxdthiokly9rv7af1roqc3x9b1pc5i90wbr1yhwhdgcst6y9ex_YWrQjSfxE5_bu7tqws6dmhirkryssg7sa9pknsbutvdrgt0rngviwi7nyo4mzpnhwrgpknu.webp)
विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन
![विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Pahiro_Lamjung_kbBfsjDXyn_CO1wK4loOl_ziudlrwdqfvnx68j7vlt6r4e528gdpa4ljwblkvoqcadevazzuhw8gdwkprk_lONRZHbT1e_5vdblxfni5kfhapp9vqzmxetik63clltm7eh8h0mrq3rubrdwpkcdmxsgqsd.jpg)
विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता
![नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने दुई शिक्षकलाई सजाय](https://snowberry.prixacdn.net/media/gallery_folder/download_RoglHQz1zn_m20eeqhj0rl8q1cjxtgrflb6k8qxzvhxgstighfuddl9hv5jxkjc4vwtf5pq_HGrl3YfOOn_idl9grsrwmjrr5k3a7w4ejfksoypnjbnap2bmnbvcjpf9fl1l9ffmcesjbkm.jpeg)
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने दुई शिक्षकलाई सजाय
![वन कार्यालय जलेश्वरमा भ्रष्टाचार : ६ जना कसूरदार, १८ ले पाए सफाइ](https://snowberry.prixacdn.net/media/gallery_folder/download_AMDZfVkzrL_ub0rlu0k4bdm2a5ky0br04ara2fdufisr0bk0qd6asoldpezgwsfr4cecyjm_pgEM7no2so_8ccgxvjsbpaxzqwz63oyi6uxufqtudk37iwpmxkcujad5tcz29k2miqwdmpk.jpeg)
वन कार्यालय जलेश्वरमा भ्रष्टाचार : ६ जना कसूरदार, १८ ले पाए सफाइ
![असार १६ गतेदेखि निकुञ्ज सफारी बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/jeep-safari-in-chitwan-national-park_pjE1DeU0C9_oiuxqy6zcpdgcnrl8odicimrj9msblzmikselqwvkwhuhpxwi693v3hztb1z_tkZF3cHf4T_l4pdndt4rwb2z6mdhpvhczwmxd1fg6ktzo7elp7pd4c9yhok3bsrnabzpavc.jpg)
प्रतिक्रिया