आज नेप्से १८.७६ अंकले घटेर दुई हजार ७६ दशमलब ४९ विन्दुमा बन्द

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १८.७६ अंकले घटेर दुई हजार ७६ दशमलब ४९ विन्दुमा बन्द भएको हो ।        

नेप्सेमा आज ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४० वटाको बढेको छ भने १९८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                 

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४०९ रुपैयाँ पुगेको छ ।   

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखेरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि बरुण हाइड्रोपावर लिमिटेडको ११ करोड २७ लाख बराबरको कारोबार भएको छ ।