गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाइ नहुने

पप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाइ नहुने भएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दाको मिसिल झिकाएर सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा पेशी तोकिएपनि हेर्न नमिल्ने भएको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले रुपन्देही जिल्ला अदालतमा विचाराधीन रहेको सुप्रिम सहकारीसम्बन्धी मिसिल झिकाउने आदेश गरेको थियो ।

त्यसअघि जेठ २० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कास्की प्रहरीमा रहेको लामिछानेविरुद्धको जाहेरीको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको थियो । तर, उक्त आदेशमा जाहेरीको दर्ता नं फरक परेकाले कास्की प्रहरीले उक्त जाहेरी दर्ता किताबमा नभेटिएको जवाफ पठाएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले लेखेको लामिछानेलाई ‘क्लिन चिट’ दिने प्रकृतिको पत्रको वैधानिकतामा प्रश्न उठाउँदै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । उनले लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने माग गर्दै गृहमन्त्री पदबाट हटाइनुपर्ने समेत माग गरेका छन् ।

गृहमन्त्रीलाई निलम्बन मागमा रिट हाल्ने अधिकार छैन : महान्यायाधिवक्ता

गृहमन्त्रीलाई निलम्बन मागमा रिट हाल्ने अधिकार छैन : महान्यायाधिवक्ता

कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस सकियाे

कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस…

काेशी प्रदेश सरकार गठनविरुद्धकाे  मुद्दा आज पनि हेर्दाहेर्दैमा

काेशी प्रदेश सरकार गठनविरुद्धकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रदेशसभा सदस्यबाट देवकोटा हटाउने घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतकाे अन्तरिम आदेश

प्रदेशसभा सदस्यबाट देवकोटा हटाउने घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतक…

सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज

सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पा…

यस्तो छ अख्तियारले मुख्यसचिव सहितका विरुद्ध लगाएको आरोप

यस्तो छ अख्तियारले मुख्यसचिव सहितका विरुद्ध लगाएको आरोप

कानुन व्यवसायीको बहस नसकिएपछि कोसी प्रदेश सरकारबारे दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

कानुन व्यवसायीको बहस नसकिएपछि कोसी प्रदेश सरकारबारे दायर रिटको सुनुवाइ आज …

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा  रहेको रिटमा आजबाट सुनुवाइ सुरु

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रहेको रिटमा आजबाट सुनुवाइ सुरु