चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका–४ झुर्कियामा अविरल वर्षासँगै मंगलबार बिहान परेको चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको हो ।

घरमै बसिरहेका बेला बिहान ७ः३० बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए।

शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।